spot_img

सरकारको १०० दिनको समीक्षा गर्न अझै समय बाँकी : प्रसाईं

spot_img
spot_img

जनकपुर,२३ असार । नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको १०० दिनको कार्यसम्पादनबारे मूल्यांकन गर्ने समय अझै नपुगेको बताएका छन्।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले अहिले सरकारको कामबारे टिप्पणी नगर्ने भन्दै अबको १० दिनपछि भिडियोमार्फत आफ्नो धारणा र केही ‘विशेष खुलासा’ सार्वजनिक गर्ने बताए।

उनले सिंहदरबारमा आगजनी गर्नेहरू नै अहिले सत्तामा पुगेको आरोप लगाउँदै वर्तमान शासकहरूले राज्यको प्रणाली नै कमजोर बनाएको दाबी गरे।

आफूलाई कुनै आधारबिना पक्राउ गरिएको उल्लेख गर्दै प्रसाईंले अदालतले निष्पक्ष रूपमा न्याय गरेको प्रतिक्रिया दिए।
प्रसाईंले अधिकांश नेपालीले धर्म, संस्कृति, मिथिला र राजासहितको ‘पुरानो नेपाल’ चाहिरहेको दाबी गर्दै सुकुम्बासीलाई विस्थापित गर्ने सरकारी नीतिको पनि विरोध गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय