spot_img

स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुक पोस्ट गरेका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ

spot_img
spot_img

काठमाडौं,२३ असार । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा आलोचनात्मक सामग्री पोस्ट गरेका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अधिकारीलाई सोमबार साँझ करिब साढे ७ बजे जनकपुरबाट नियन्त्रणमा लिएको हो।

उनको पक्राउपछि स्थानीय स्वास्थ्यकर्मीहरूले विरोध जनाउँदै मन्त्रीको आलोचना गरेकै कारण पक्राउ गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार अधिकारीलाई पक्राउ गर्दा पक्राउ पुर्जीसमेत नदेखाइएको दाबी गरिएको छ।

अधिकारी हेल्थ असिस्टेन्ट हुन्। उनी यसअघि निजी स्वास्थ्य संस्थामा कार्यरत थिए भने हाल लोकसेवा आयोगको तयारी गरिरहेका थिए। सहकर्मीहरूका अनुसार उनले स्वास्थ्यमन्त्रीको कामकारबाहीबारे सामाजिक सञ्जालमा निरन्तर आलोचनात्मक टिप्पणी गर्दै आएका थिए।

गत शनिबार अधिकारीले आफ्नो फेसबुकमा स्वास्थ्यमन्त्री निशा मेहताको तस्वीरमा रातो मसिले क्रस चिन्ह लगाउँदै ‘माफिया मन्त्री’ लेखिएको पोस्ट सार्वजनिक गरेका थिए। सोही पोस्टका कारण उनलाई पक्राउ गरिएको हुनसक्ने सहकर्मीहरूको अनुमान छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय