spot_img

वीरगन्जमा प्रतिबन्धित लागूऔषधसहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगन्ज,२३ असार । सशस्त्र प्रहरी बलले वीरगन्जबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गर्नुका साथै छुट्टाछुट्टै कारबाहीमा करिब पाँच लाख रुपैयाँ बराबरका अवैध औषधि पनि बरामद गरेको छ।

सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको सशस्त्र प्रहरी टोलीले सोमबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सा शंकास्पद देखिएपछि जाँच गरेको थियो।

जाँचका क्रममा ई–रिक्सामा सवार करिब २५ वर्षीया एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर लुकाइछिपाइ ल्याएको अवस्थामा डाइजेपाम २०० एम्पुल, हाइड्रोक्लोराइड २०० एम्पुल र बुप्रेनोर्फिन २ एम्पुल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

घटनामा संलग्न ती महिलासहित अन्य दुई जनालाई नियन्त्रणमा लिई बरामद लागूऔषध र ई–रिक्सासहित आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।

यसैबीच, सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–१ स्थित छपकैया सीमा क्षेत्रमा सञ्चालन गरेको अर्को कारबाहीमा भन्सार छली गरी ल्याइएका करिब पाँच लाख रुपैयाँ बराबरका औषधि बरामद गरेको छ।

बीओपी सिर्सियाबाट खटिएको टोलीले तस्करहरू फरार भएपछि घटनास्थलबाट चार कार्टुन भिटामिनसहित विभिन्न प्रकारका औषधि बरामद गरेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार बरामद गरिएका अवैध औषधिहरू आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय