spot_img

सिरहामा तीन दिनमा ३४ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

spot_img
spot_img

सिरहा,२३ असार । सशस्त्र प्रहरीले सिरहाको सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको निगरानी तथा गस्तीका क्रममा पछिल्लो तीन दिनमा ३४ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर ७ गण मुख्यालय सिरहाका प्रमुख सुमनजंग थापाका अनुसार बरामद गरिएका सामानमा कस्मेटिक सामग्री, किराना, पित्तलका भाँडाकुँडा, मदिरा, इलेक्ट्रोनिक सामग्री तथा डिजेललगायत रहेका छन्।

प्रहरीका अनुसार असार २२ गते मात्रै सीमावर्ती क्षेत्रबाट भारत–नेपाल हुँदै अवैध रूपमा ओसारपसार भइरहेको अवस्थामा १४ लाख ३ हजार ३२६ रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरिएको थियो।

यसअघि असार १९ गते ११ लाख १० हजार ४२५ रुपैयाँ र असार १८ गते ९ लाख २६ हजार ८५० रुपैयाँ बराबरका भन्सार छलीका सामग्री नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी कारबाहीका लागि खैटौका भन्सार कार्यालय, माडरमा बुझाइएको छ। सशस्त्र प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा नियमित गस्ती, निगरानी र चेकजाँचलाई कडा बनाइएकाले भन्सार छलीका घटनामा संलग्न व्यक्तिमाथि निगरानी बढाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय