spot_img

गौरको होटलमा युवतीमाथि सामूहिक बलात्कारको आरोप, नेपालीसहित पाँच जना पक्राउ

spot_img
spot_img

रौतहट,२३ असार । रौतहटको सदरमुकाम गौरस्थित एक होटलमा २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक नेपाली र चार भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार असार २१ गते दिउँसो करिब १ बजे गौरस्थित सुस्मा प्यालेस होटलमा घटना भएको आरोपपछि पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो ।

पक्राउ पर्नेमा गौर नगरपालिका–२ निवासी २५ वर्षीय सन्तोष राउत तथा भारतको बिहार राज्य मुजफ्फरपुर जिल्लाका ३३ वर्षीय मोहम्मद ताजुदिन, ३७ वर्षीय जितेन्द्र कुमार, ३८ वर्षीय हसनैन आलम र ३४ वर्षीय आलोक कुमार रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये केहीमाथि जबरजस्ती करणी तथा करणी उद्योगसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय