spot_img

वीरगन्जमा पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मोत्सव मनाइयो

spot_img
spot_img

वीरगन्ज,२३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मोत्सवका अवसरमा वीरगन्जमा शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ। देशभक्त राजभक्त वीरगञ्जको आयोजनामा महावीर मन्दिर परिसरमा सम्पन्न कार्यक्रमको अध्यक्षता दीपेन्द्र प्रसाद रौनियारले गरेका थिए।

कार्यक्रममा सहभागीहरूले पूर्वराजा शाहको सुस्वास्थ्य, दीर्घायु तथा सुखमय जीवनको कामना गर्दै जन्मोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका थिए। साथै, उनीप्रति सम्मान प्रकट गर्दै शुभकामना मन्तव्यसमेत राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा पशुपति विक्रम शाह, उषा शाह, अब्दुल सत्तार अन्सारी, वीरेन्द्र थापा, अनु राणा, शम्भु चौरसिया, रामनारायण साह, कमल घिमिरे, मोती रहमान, जय रौनियार, पृथ्वी मलाहलगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय