spot_img

संघीय संसद्का दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

spot_img
spot_img

काठमाडौं,२३ असार । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको विनियोजन विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएको छ।

प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले बहुमतले अनुमोदन गरेको हो। अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए।

यसअघि प्रतिनिधिसभाले पनि विनियोजन विधेयक पारित गरिसकेको थियो। राष्ट्रिय सभाबाट समेत स्वीकृत भएसँगै आगामी आर्थिक वर्षको बजेट संघीय संसद्का दुवै सदनबाट पारित भएको छ।

बैठकमा अर्थमन्त्री डा. वाग्लेले आर्थिक विधेयक, २०८३ पनि सभामा पेश गरेका छन्। बजेट पारित भएसँगै आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्ताव गरेका खर्च, कार्यक्रम तथा विकास योजनाहरू कार्यान्वयनको संवैधानिक प्रक्रिया अघि बढ्ने भएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय