spot_img

अब भाषण होइन, परिणाम देखिनेछ : गृहमन्त्री गुरुङ

spot_img
spot_img

काठमाडौं,२३ असार । गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई कागजी प्रतिबद्धताभन्दा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने सुरक्षा, सुशासन र निष्पक्ष सेवातर्फ केन्द्रित गरिने बताएका छन्। उनले सीमा सुरक्षा, तस्करी नियन्त्रण र गृह प्रशासनमा सुधारका लागि देशका विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष अनुगमन गरिरहेको जानकारी पनि दिए।

मंगलबार राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले फिल्डबाट प्राप्त अनुभव र स्थानीय तहबाट आएका सुझावका आधारमा गृह प्रशासनमा निरन्तर सुधार गरिने बताए।

उनले गृह प्रशासनको प्राथमिकता शान्ति–सुरक्षा कायम गर्नु, प्रत्येक नागरिकको जिउधन र स्वतन्त्रताको रक्षा गर्नु तथा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नु रहेको उल्लेख गरे। अब गृह प्रशासनको काम नागरिकले व्यवहारमै अनुभूति गर्ने गरी परिणाममुखी हुने उनको भनाइ थियो।

मन्त्री गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायको भूमिकामा मात्र सीमित नराखी मानव अधिकार, कानूनी शासन र सुशासनका सिद्धान्तअनुसार सञ्चालन गर्ने सरकारको प्रतिबद्धता दोहोर्‍याए। यसले दिगो शान्ति, विकास र समृद्धिको आधार तयार गर्ने विश्वास पनि उनले व्यक्त गरे।

उनका अनुसार जिल्ला–जिल्लाबाट संकलित सुझाव र अनुगमनबाट प्राप्त निष्कर्षका आधारमा सुरक्षा व्यवस्था, प्रशासनिक सुधार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने काम निरन्तर अघि बढाइनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय