spot_img

पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ किलो गाँजासहित २ जना पक्राउ

spot_img
spot_img

वीरगन्ज,२३ असार । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रबाट १६६ किलोग्राम गाँजासहित दुई जनालाई नेपाली सेनाले पक्राउ गरेको छ।

नेपाली सेनाको सबुज गणअन्तर्गत सुरक्षा पोस्ट प्रतापपुरबाट खटिएको नियमित गस्ती टोलीले विशेष निगरानीका क्रममा मकवानपुरको चुरे क्षेत्रभित्र पर्ने निकुञ्जको बगई खोलानजिक शंकास्पद अवस्थामा रहेका दुई जनालाई नियन्त्रणमा लिएको हो।

तलासीका क्रममा उनीहरूको साथबाट १६६ किलोग्राम गाँजा बरामद भएपछि पक्राउ गरिएको सेनाले जनाएको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलासेका ५४ वर्षीय विक्रम सिंतान र ४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन्।

बरामद गाँजा र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीको रोहबरमा इलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएको नेपाली सेनाले जनाएको छ।

सुरक्षा निकायका अनुसार मकवानपुर, बारा र पर्सा जिल्लामा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जको चुरे क्षेत्र घना जंगल, दुर्गम भूगोल र सीमित मानव बस्तीका कारण लागूऔषध ओसारपसारलगायत अवैध गतिविधिका लागि प्रयोग हुँदै आएको छ। विशेषगरी गाँजा तस्करीमा संलग्न समूहहरूले निकुञ्जभित्रका भित्री बाटो प्रयोग गर्ने गरेको पाइएको छ।

यस्ता गतिविधि नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनले संयुक्त रूपमा नियमित गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाउँदै आएको जनाएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय