spot_img

पेनाल्टीमा कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकप क्वार्टरफाइनलमा

spot_img
spot_img

काठमाडौँ– पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

क्यानडाको बिसी प्लेस, भ्यानकुभरमा आज बिहान सम्पन्न अन्तिम–१६ को प्रतिस्पर्धामा निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीबाट कुनै गोल हुन सकेन। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

पेनाल्टीमा स्विट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफल प्रहार गरे। कोलम्बियाका तर्फबाट जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे पनि त्यो टोलीलाई जित दिलाउन पर्याप्त भएन।

यस जितसँगै १३औँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्ड चौथोपटक क्वार्टरफाइनलमा पुगेको हो। यसअघि उसले सन् १९३४, १९३८ र १९५४ मा अन्तिम आठको यात्रा तय गरेको थियो। त्यसपछि भने स्विट्जरल्यान्ड समूह चरण वा अन्तिम–१६ बाटै बाहिरिँदै आएको थियो।

अब स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि आइतबार साविक विश्वविजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय