spot_img

प्रतिनिधिसभाको बैठक आज, विभिन्न प्रतिवेदन र विधेयकमाथि छलफल हुने

spot_img
spot_img

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधीवक्ता कार्यालयको वार्षिक प्रतिवेदन २०८१–०८२’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१–०८२’ सदनमा पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, मन्त्री गौतमले प्रधानमन्त्रीको तर्फबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने, विधेयक सदनमा पेस गर्ने तथा त्यसमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।

त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सदनसमक्ष राख्ने कार्यक्रम रहेको छ।

यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार अध्ययन तथा छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय