spot_img

रौतहटमा जग्गा विवाद हिंसात्मक, चक्कु प्रहारबाट एक जनाको मृत्यु

spot_img
spot_img

राैतहट,२४ असार –   रौतहटको ईशनाथ नगरपालिका–३, औरैयामा जग्गासम्बन्धी विवादका कारण भएको चक्कु प्रहारमा एक जनाको ज्यान गएको छ।

मंगलबार साँझ करिब ८ बजेतिर स्थानीय रामबहादुर साह, बुटन साह, रामऔतार साह तथा उनका छोरा रामेश्वर साहबीच जग्गाको स्वामित्वलाई लिएर विवाद भएको थियो। सामान्य भनाभनबाट सुरु भएको झगडा पछि कुटाकुटमा परिणत भएको प्रहरीले जनाएको छ।

विवाद उग्र बन्दै गएपछि रामेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए। चक्कु लागेर बुटन साहको ढाडमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएको भए पनि राति करिब ९ बजेतिर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिएका छन्।

यस घटनामा रामबहादुर साह पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटना भएको केही समयमै प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न रामेश्वर साह र रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय