spot_img

एमाले सांसद राजेन्द्र राईको अभिव्यक्तिपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित

spot_img
spot_img

काठमाडौं,२४ असार । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का सांसद राजेन्द्र राई र सभामुखबीच भएको भनाभनपछि सदनमा तनाव उत्पन्न भएको छ। विवाद चर्किएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै, “तपाईं कान सुन्नुहुन्छ कि हुन्न?” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइप्रति सभामुखले आपत्ति जनाउँदै उनलाई बोल्न रोकेका थिए।
सभामुखले बोल्न नदिएपछि एमाले सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। यसैबीच सत्तारुढ दलकी सांसद ज्वाला सङ्ग्रौलाले राईको अभिव्यक्ति संसदीय अभिलेख (रेकर्ड) बाट हटाउन माग गरिन्।

विवाद मत्थर पार्ने प्रयासस्वरूप सभामुखले राईलाई माफी माग्दै आफ्नो भनाइ सच्याउन आग्रह गर्दै पुनः बोल्ने अवसर दिएका थिए। तर राईले फेरि सभामुखकै भूमिकामाथि प्रश्न उठाउँदै टिप्पणी गरेपछि सदनमा थप हंगामा भएको थियो।

लगातारको अवरोध र विवादपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय