spot_img

घुससहित सिरहाका वन अधिकृत अख्तियारको फन्दामा

spot_img
spot_img

काठमाडौं,२४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सव–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौँ) राम केवल राय यादवलाई १२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए–नभएको रुजु गरी आवश्यक कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीपछि विशेष टोली परिचालन गरिएको थियो।

टोलीले यादवलाई सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित मिर्चैयाबाट बन्दीपुरतर्फ जाने महेन्द्र राजमार्ग क्षेत्रमा घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

उनको साथबाट घुसबापत लिएको १२ हजार रुपैयाँसहित स्रोत नखुलेको १ लाख ३३ हजार १२० रुपैयाँ नगद र एक थान मोबाइल बरामद गरिएको अख्तियारले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय