spot_img

राजेशराय यादव निलम्बितपछि मनोज भट्ट बने कांग्रेस बारा कार्यवाहक सभापति

spot_img
spot_img

बीरगन्ज,२४ असार । नेपाली कांग्रेसले बारा जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति मनोज भट्टलाई दिएको छ। जिल्ला सभापति राजेशराय यादव अनुशासनसम्बन्धी कारबाहीअन्तर्गत निलम्बनमा परेपछि भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको हो।

पार्टीका अनुसार प्रतिनिधिसभा निर्वाचनका क्रममा कांग्रेसका आधिकारिक उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको भन्ने उजुरीपछि यादवमाथि अनुशासन समितिले छानबिन अघि बढाएको थियो। सोही प्रकरणमा बाराबाट यादवसहित १६ जनाविरुद्ध उजुरी दर्ता भएको थियो।

अनुशासन समितिले यादवसँग स्पष्टीकरण माग गरे पनि निर्धारित समयभित्र जवाफ नआएपछि दोस्रोपटक पनि स्पष्टीकरण पेश गर्न आग्रह गरेको थियो। त्यसपछि पनि उनले कुनै जवाफ नबुझाएपछि थप अनुसन्धान गरी अन्तिम निर्णय प्रक्रिया अगाडि बढाउनुपर्ने अवस्था सिर्जना भएको भन्दै पार्टीले उनलाई निलम्बन गरेको जनाएको छ।

सभापति निलम्बनमा परेपछि पार्टीको जिल्ला संगठनलाई नियमित रूपमा सञ्चालन गर्न उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय