spot_img

प्रतिनिधिसभा बैठक आज, महान्यायाधिवक्तादेखि अख्तियारको वार्षिक प्रतिवेदन र राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत हुने

spot_img
spot_img

काठमाडौं – संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको छ। बैठकमा सरकारका तर्फबाट विभिन्न वार्षिक प्रतिवेदन तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

संसद सचिवालयका अनुसार, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०८१–०८२’ प्रतिनिधिसभामा पेस गर्नेछिन्।

यस्तै, मन्त्री गौतमले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन, २०८१–०८२’ पनि सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि पेश गर्नेछिन्। अनुमति प्राप्त भएपछि उक्त विधेयक सभामा प्रस्तुत गरिनेछ।

यससँगै, ‘नेपाल विशेष ऐन, २०४२’ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ।

आजको प्रतिनिधिसभा बैठकमा सरकारका महत्त्वपूर्ण प्रतिवेदन र विधेयकमाथि प्रारम्भिक संसदीय प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय