spot_img

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा रु २,४०० र चाँदी रु १६० ले सस्तो

spot_img
spot_img

काठमाडौं,२५ असार । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुन प्रतितोला रु २,४०० र चाँदी प्रतितोला रु १६० ले सस्तो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८४ हजार ७०० निर्धारण गरिएको छ। यस्तै, चाँदी प्रतितोला रु ४ हजार ३४० मा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ८७ हजार १०० र चाँदी प्रतितोला रु ४ हजार ५०० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव जारी रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४ हजार ७५ अमेरिकी डलर र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय