spot_img

खसीको मासुको मुल्य सीमा तोक्ने सरकारको तयारी

spot_img
spot_img

काठमाडौं,२५ असार । बजारमा खसीको मासुको मूल्य अस्वाभाविक रूपमा बढेपछि सरकारले मूल्य नियन्त्रणका लागि सीमा तोक्ने तयारी थालेको छ।

पछिल्लो समय काठमाडौं उपत्यकामा खसीको मासुको मूल्य प्रतिकिलो १ हजार ६ सय रुपैयाँसम्म पुगेको भन्दै उपभोक्ताबाट गुनासो आएपछि कृषि, वन तथा पर्यावरण मन्त्रालयले बजार अनुगमन र मूल्य निर्धारणको प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयका अनुसार कुखुराको मासुको विकल्पका रूपमा खसीको मासुको माग बढेको अवस्थालाई केही व्यवसायीले अवसरका रूपमा प्रयोग गरी मूल्य बढाएको हुन सक्ने देखिएको छ। पछिल्लो समय खसीको मासुको मूल्यमा प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्म वृद्धि भएको बताइएको छ।

केही व्यवसायीले खसीको अभाव देखाउँदै मूल्य बढाएको दाबी गरे पनि मन्त्रालयले वास्तविक अवस्था बुझ्न बजारको तथ्यांक संकलन गरिरहेको जनाएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी ले मासुको मूल्य वृद्धिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। मन्त्रीको सचिवालयका अनुसार बजारको वास्तविक मूल्य, आपूर्ति अवस्था र मूल्य वृद्धिका कारणबारे अध्ययन भइरहेको छ।

मन्त्रालयले अध्ययनपछि उपभोक्तालाई राहत पुग्ने गरी खसीको मासुको मूल्य व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय