spot_img

संवैधानिक संस्थालाई कार्यपालिकाको लाचार छाया बनाइयो : अर्जुननरसिंह केसी

spot_img
spot_img

काठमाडौं,२५ असार । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संवैधानिक संस्थाहरू अपेक्षाअनुसार स्वतन्त्र र स्वायत्त रूपमा सञ्चालन हुन नसकेको भन्दै ती निकायहरू कार्यपालिकाको प्रभावमा परेको टिप्पणी गरेका छन्।

प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूको नियुक्तिसम्बन्धी संसदीय सुनुवाइका क्रममा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै केसीले संवैधानिक संस्थाहरूलाई कार्यपालिकाको “लाचार छाया” बनाउने प्रवृत्ति बढेको आरोप लगाए।

उनले संवैधानिक निकायहरूको वास्तविक स्वायत्तता सुनिश्चित नभएसम्म संसदीय सुनुवाइ प्रक्रिया प्रभावकारी बन्न नसक्ने बताए। योग्य, सक्षम र स्वतन्त्र व्यक्तिलाई नियुक्त गर्ने वातावरण निर्माण गर्न नसकिए सुनुवाइ प्रक्रिया केवल औपचारिकतामा सीमित हुने उनको भनाइ थियो।

आफ्नो लामो संसदीय अनुभव स्मरण गर्दै केसीले हालसम्म संसदीय सुनुवाइ समितिबाट अत्यन्तै थोरै नियुक्ति मात्रै अस्वीकृत भएको उल्लेख गरे। अधिकांश सिफारिस पर्याप्त परीक्षण र गहन मूल्याङ्कनबिनै अनुमोदन हुने गरेको भन्दै उनले सुनुवाइ प्रक्रियालाई थप प्रभावकारी र उत्तरदायी बनाउनुपर्ने आवश्यकता औँल्याए।

प्रस्तावित पदाधिकारीविरुद्ध जनस्तरबाट प्राप्त हुने गुनासा, सुझाव र सूचनालाई व्यवस्थित रूपमा संकलन तथा निष्पक्ष मूल्याङ्कन गर्ने संयन्त्रलाई अझ बलियो बनाउनुपर्नेमा उनले जोड दिए। आवश्यक परे सुनुवाइका लागि थप समय लिएर पनि प्राप्त उजुरी र सूचनाको निष्पक्ष अध्ययन गरी निर्णय गर्नुपर्ने केसीको धारणा थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

ताजा अपडेट

लोकप्रिय