spot_img

तलब भुक्तानीको माग गर्दै बीरगन्ज महानगरका कर्मचारी आन्दोलनमा

spot_img
spot_img

बीरगन्ज,२५ असार । लामो समयदेखि तलब भुक्तानी नभएको भन्दै बीरगन्ज महानगरपालिकाका कर्मचारीहरूले आन्दोलन सुरु गरेका छन्। बक्यौता तलब तत्काल निकासा गर्न माग गर्दै उनीहरूले महानगरपालिकाको लेखा शाखामा तालाबन्दी गर्नुका साथै कार्यालय परिसरमा धर्ना र विरोध प्रदर्शन गरिरहेका छन्।

आन्दोलनरत कर्मचारीहरूले आफूहरूको तलब शीघ्र भुक्तानी नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। उनीहरूको भनाइअनुसार पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको हो।

कर्मचारीहरूको आन्दोलनका कारण महानगरपालिकाबाट प्रवाह हुने दैनिक प्रशासनिक तथा सार्वजनिक सेवामा आंशिक असर पर्न थालेको छ। सेवाग्राहीहरूले पनि केही सेवा लिन कठिनाइ भएको बताएका छन्।

कर्मचारीहरूले तलब निकासाको विषयलाई प्राथमिकताका साथ समाधान गर्न महानगर नेतृत्वसँग माग गरेका छन्। यद्यपि, समाचार तयार पार्दासम्म महानगरपालिकाको नेतृत्व वा सम्बन्धित जिम्मेवार पदाधिकारीबाट यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

तलब निकासासम्बन्धी निर्णय भएपछि मात्रै आन्दोलनको आगामी स्वरूप तय हुने कर्मचारीहरूले बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय