spot_img

नेकपाका पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ केन्द्रीय सदस्य एमालेमा प्रवेश

spot_img
spot_img

काठमाडौं,२५ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ जना केन्द्रीय सदस्यलाई एमालेमा स्वागत गरेका छन्।

बिहीबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ओलीले नवप्रवेशी नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन्। एमालेमा प्रवेश गर्नेमा डिबी कार्कीसँगै राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रवीन्द्र बम (बैतडी) रहेका छन्।

कार्यक्रममा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याललगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

ताजा अपडेट

लोकप्रिय