spot_img

चारपटकको सहमति कार्यान्वयन नभएपछि मिटरब्याज पीडितको ‘न्याय मार्च’ काठमाडौंतर्फ

spot_img
spot_img

काठमाडौं,२६ असार । सरकारसँग भएका चारवटा सहमति कार्यान्वयन नभएको भन्दै मिटरब्याज पीडितहरूले फेरि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन्। जनकपुरबाट पैदल यात्रा सुरु गरेका पीडितहरू दोस्रो दिन धनुषाको ढल्केबर पुगेका छन्।

किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु गरिएको ‘न्याय मार्च’ बिहीबार जनकपुरधामस्थित तिरहुतियागाछीबाट औपचारिक रूपमा प्रारम्भ भएको हो। सरकारलाई सहमति कार्यान्वयनका लागि दबाब दिन उनीहरू संघीय राजधानी काठमाडौंसम्म पैदल यात्रा गरिरहेका छन्।

यात्रामा सहभागी टोली शुक्रबार धनुषाको महेन्द्रनगर हुँदै महोत्तरीको बर्दिवासतर्फ अघि बढेको छ। उनीहरू करिब एक साताभित्र काठमाडौं पुग्ने लक्ष्यका साथ यात्रा गरिरहेका छन्।

आन्दोलनकारीहरूले सरकारसँग पटक–पटक सहमति भए पनि कार्यान्वयन नभएकाले न्यायको माग गर्दै पुनः सडक आन्दोलनमा उत्रिनुपरेको बताएका छन्। उनीहरूले मिटरब्याज पीडितलाई न्याय दिलाउने प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय