spot_img

अमेरिका पठाइदिने भन्दै ३ लाख ठगी गर्ने आरोपमा एक पक्राउ

spot_img
spot_img

काठमाडौं,२६ असार । अमेरिका पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–८ मा बस्दै आएका पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ घर भएका ३५ वर्षीय माधव अर्याल रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार अर्यालले अमेरिका पठाइदिने आश्वासन दिँदै एक जनाबाट ३ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको भन्ने उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा प्रहरीले काठमाडौं महानगरपालिका–१३ बाट अर्याललाई पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय