spot_img

गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

spot_img
spot_img

काठमाडौं,२६ असार । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राज्यका निकायबाट हुने दुर्व्यवहार र प्रताडनाका कारण नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य हुनुपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको बताए।

आङ्देम्बेले गणेश नेपालीमाथि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले गरेको व्यवहारबारे परिवारले गम्भीर आरोप लगाएको उल्लेख गर्दै घटनाको वास्तविक कारण सार्वजनिक हुनुपर्ने बताए। उनले अनुसन्धानबाट सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गर्दै सरकारले यस विषयलाई संवेदनशील रूपमा लिनुपर्ने धारणा राखे।

उनले राज्यका निकायहरूले आफूलाई शक्तिशाली देखाउने नाममा श्रम गरेर जीविकोपार्जन गर्ने मजदुर तथा स्वरोजगार नागरिकमाथि दुर्व्यवहार गर्न नहुने बताए। राज्यको दायित्व श्रमिक र आमनागरिकको संरक्षण गर्नु भए पनि व्यवहारमा त्यसको विपरीत अवस्था देखिएको उनको भनाइ थियो।

आङ्देम्बेले गणेश नेपालीले जीवित रहँदासम्म आफू प्रताडित भएको कुरा परिवारलाई सुनाएको उल्लेख गर्दै त्यसको गहिरो अनुसन्धान हुनुपर्ने बताए। घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएकामाथि कानुनी कारबाही गर्न उनले सरकारसँग माग गरे।

राइड–सेयरिङ सेवा सञ्चालन गर्ने चालकहरू आफ्नै श्रमबाट परिवार पालिरहेका स्वरोजगार नागरिक भएको उल्लेख गर्दै उनीहरूमाथि हुने दुर्व्यवहार तत्काल रोक्न प्रभावकारी कदम चाल्न पनि उनले सरकारलाई आग्रह गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय