spot_img

गणेश नेपाली प्रकरणमा वर्षमान पुनले संसद्मा सुनाए बालेनको पुरानो स्टाटस

spot_img
spot_img

काठमाडौं,२६ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुरानो सामाजिक सञ्जाल पोस्ट संसद्मा उद्धृत गर्दै उनको अहिलेको धारणा के हो भनेर प्रश्न उठाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले २०७९ माघमा नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रेम आचार्यले आत्मदाह गर्दा बालेन शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटस पढेर सुनाएका हुन्।

पुनका अनुसार त्यसबेला बालेनले आत्मदाहजस्तो घटनाको मुख्य कारण राज्यको असफलता भएको उल्लेख गरेका थिए। संसद्मा उनले उक्त अभिव्यक्ति स्मरण गराउँदै अहिले गणेश नेपालीको घटनामा पनि त्यही दृष्टिकोण कायम छ कि छैन भन्ने प्रश्न उठाए।

उनले संसद्मा बालेनको स्टाटस उद्धृत गर्दै त्यसमा एउटा नागरिकलाई आत्मदाहसम्म पुग्न बाध्य बनाउने सबैभन्दा ठूलो कारण राज्य भएको उल्लेख गरिएको स्मरण गराए।

पुनले मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युले पनि राज्यको सेवा प्रवाह, नागरिकप्रतिको व्यवहार र सार्वजनिक निकायको जिम्मेवारीबारे गम्भीर समीक्षा आवश्यक भएको संकेत गरेको बताए।

गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। शरीरको करिब ५५ प्रतिशत भाग जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो।

गणेश नेपालीको मृत्युको विषयलाई लिएर प्रतिनिधिसभामा अन्य विपक्षी दलका सांसदहरूले पनि सरकारको ध्यानाकर्षण गराउँदै घटनाको निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय