spot_img

देशको सेवा गर्न आएको हुँ, स्टन्टबाजीका लागि होइन : गृहमन्त्री गुरुङ

spot_img
spot_img

काठमाडौं,२६ असार । गृहमन्त्री सुधन गुरुङले आफू कुनै स्टन्टबाजी गर्न नभई देश र जनताको सेवा गर्न गृहमन्त्री बनेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले केवल भाषण र नाराबाजीले मात्र जनताको समस्या समाधान नहुने भन्दै काम गरेर देखाउनुपर्नेमा जोड दिए। उनले सांसदहरूलाई घाँटी चिच्याएर मात्र दायित्व पूरा नहुने उल्लेख गर्दै जनताको बीचमा पुगेर सेवा गर्नु नै वास्तविक जिम्मेवारी भएको बताए।

‘जनताको सेवा गर्छु भनेर मुखले मात्र बोलेर हुँदैन। यस्तो कुरा सुन्दै आएको ५० वर्ष भइसक्यो। अब काम गरेर देखाउनुपर्छ,’ उनले भने, ‘म कसैलाई देखाउन स्टन्टबाजी गर्न आएको होइन, देश र जनताको सेवा गर्न आएको हुँ।’

गृहमन्त्री गुरुङले मन्त्रालयभित्र सुरक्षा तथा सेवा प्रवाह सुधारका विषयमा टोली बनाएर निरन्तर छलफल भइरहेको जानकारी दिँदै केही सांसदप्रति कटाक्षसमेत गरे। उनले प्रश्न गर्दै भने, ‘हिजो अस्पतालमा कति जना सांसद पुग्नुभएको थियो? यहाँ घाँटी चिच्याएर बोल्नेहरू त्यहाँ कति जना हुनुहुन्थ्यो?’

उनको भनाइले संसद्भित्र काममुखी राजनीति र जनताको सेवामा केन्द्रित हुनुपर्ने सन्देश दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय