काठमाडौं,२६ असार । गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले डीआईजीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
शुक्रबार प्रतिनिधिसभामा जानकारी दिँदै गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताए। समितिलाई घटनाको सम्पूर्ण पक्षको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको उनले जानकारी दिए।
गृहमन्त्रीका अनुसार घटनासँग सम्बन्धित अनुसन्धानलाई प्रभावकारी बनाउन हालसम्म काठमाडौं महानगर प्रहरीका तीन जना प्रहरी कर्मचारीलाई सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।
सरकारले घटनाको वास्तविकता उजागर गर्न आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको र दोषी देखिए कानुनअनुसार कारबाही गरिने जनाएको छ।




