spot_img

दलप्रति बढ्दो जननिराशा लोकतन्त्रका लागि राम्रो संकेत होइन : रामेश्वर खनाल

spot_img
spot_img

काठमाडौं,२७ असार । पूर्वअर्थसचिव तथा पूर्वअर्थमन्त्री रामेश्वर खनालले मुलुकका सबै राजनीतिक दलप्रति जनतामा बढ्दो निराशा देखिनु लोकतन्त्रका लागि चिन्ताजनक संकेत भएको बताएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले वर्तमान राजनीतिक अवस्थालाई सामान्य रूपमा लिन नहुने बताएका हुन्। उनले कुनै एक दलमात्र होइन, सबै दलप्रति जनविश्वास कमजोर बन्दै गएको अवस्थाले लोकतान्त्रिक प्रणालीलाई नै असर पार्न सक्ने चेतावनी दिएका छन्।

उनले लेखेका छन्, ‘जे भइरहेको छ, सबै ठीक भएको छैन। उनीहरू खराब थिए, यी पनि खराबै रहेछन्, कुनै पार्टी ठीक छैनन् भन्ने मत बढ्दै जानु कदापि राम्रो होइन।’

खनालका अनुसार यस्तो अवस्थाबाट बाहिर निस्कन सरकारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। जनतामा विश्वास जगाउने, सुशासन कायम गर्ने र परिणाममुखी काममार्फत सरकारले निराशा चिर्नुपर्ने उनको धारणा छ।

उनले वर्तमान सत्तापक्षले आत्मसमीक्षा गर्दै जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिएका छन्। साथै, केही मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै विनम्रता र जिम्मेवारीबोधको अभाव देखिएको टिप्पणी गरेका छन्।

‘स्थिति सुधार्ने प्राथमिक दायित्व सत्ताकै हो। तर, केही मन्त्रीमा विनयशीलता फिटिक्कै देखिएन,’ खनालले उल्लेख गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय