spot_img

गगनेखोला पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, पहिरो पन्छाउने काम जारी

spot_img
spot_img

जुम्ला,२७ असार । कालीकोटको गगनेखोलामा गएराति परेको अविरल वर्षापछि खसेको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार पहिरो हटाउने काम बिहान ३ बजेदेखि नै सुरु गरिएको छ। राजमार्ग छिटो सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय सुर्खेतसँग समन्वय गरी डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको जनाएको छ।

निरन्तर वर्षाका कारण पहिरो खस्ने जोखिम अझै कायम रहेकाले सडक खुलाउन केही समय लाग्न सक्ने अनुमान गरिएको छ।

सडक डिभिजन कार्यालयले वर्षायाममा राजमार्ग प्रयोग गर्दा विशेष सतर्कता अपनाउन आग्रह गर्दै अत्यावश्यक अवस्था बाहेक रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, यात्रामा निस्कनुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न पनि सुझाव दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय