spot_img

१० महिनापछि पुनः सञ्चालनमा आयो विराटनगरको भाटभटेनी सुपरमार्केट

spot_img
spot_img

विराटनगर,२७ असार । जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त विराटनगरस्थित भाटभटेनी सुपरमार्केट १० महिनापछि पुनः सञ्चालनमा आएको छ।

गत भदौ २४ गते आगजनीका कारण पूर्ण रूपमा क्षति पुगेको सुपरमार्केटको पुनर्निर्माण सम्पन्न भएपछि शनिबारदेखि औपचारिक रूपमा सेवा सुरु गरिएको हो।

भाटभटेनी व्यवस्थापनका अनुसार पुनर्निर्माणको काम निर्धारित समयमै सम्पन्न गर्न तीन सिफ्टमा जनशक्ति परिचालन गरिएको थियो। आधुनिक पूर्वाधारसहित पुनः सञ्चालनमा आएको सुपरमार्केटमा पहिलो दिनदेखि नै किनमेल गर्ने उपभोक्ताको उल्लेखनीय भीड देखिएको छ।

विराटनगरको प्रमुख किनमेल केन्द्रका रूपमा परिचित भाटभटेनी पुनः सञ्चालनमा आएसँगै स्थानीय उपभोक्ताले सहज रूपमा सेवा पाउन थालेका छन्। साथै, यसले स्थानीय व्यापारिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय