spot_img

सरकारको इच्छाशक्ति भए वीरगन्जको सिर्सिया नदी सफा गर्न असम्भव छैन : राजेशमान सिंह

spot_img
spot_img

वीरगन्ज,२७ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजेशमान सिंहले सरकारले दृढ इच्छाशक्ति देखाए वीरगन्जको प्रदूषित सिर्सिया नदी सफा गर्न असम्भव नरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सिंहले प्रकृतिले हरेक वर्ष आउने बाढीमार्फत महत्त्वपूर्ण सन्देश दिने गरेको उल्लेख गरे। यसपटकको बाढीले नदीमा वर्षौंदेखि थुप्रिएको फोहोर बगाएर सिर्सिया नदी सफा गर्न सकिने सम्भावना देखाएको उनको भनाइ छ।

उनले सिर्सिया नदी प्रदूषित हुनुको मुख्य कारण नदी स्वयं नभई उद्योगबाट निस्कने अप्रशोधित फोहोर, अव्यवस्थित ढल व्यवस्थापन तथा सम्बन्धित निकायको कमजोर अनुगमन रहेको बताए।

सिंहले सिर्सिया नदीको दीर्घकालीन समाधानका लागि सरकारले कडा निर्णय लिनुपर्ने, वातावरणीय कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने र उद्योगहरूलाई प्रशोधित फोहोर मात्रै नदीमा मिसाउन बाध्य बनाउनुपर्नेमा जोड दिए।

उनका अनुसार नदी संरक्षणमा सरकारसँगै उद्योग, स्थानीय तह र नागरिक सबैको समान जिम्मेवारी रहनेछ। “सफा सिर्सिया नदी भनेको स्वस्थ वीरगन्ज, सुरक्षित वातावरण र भावी पुस्ताप्रतिको हाम्रो साझा दायित्व हो,” भन्दै उनले नदी संरक्षण अभियानमा सबै पक्षलाई सक्रिय हुन आह्वान गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय