spot_img

बारामा पिकअपको ठक्करबाट ८५ वर्षीय वृद्धको घटनास्थलमै मृत्यु

spot_img
spot_img

बीरगन्ज,२८ असार । बाराको निजगढ नगरपालिका–१ स्थित धनसार पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ५ बजे सिन्धुलीबाट वीरगञ्जतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६८३० नम्बरको कुखुरा बोकेको पिकअपले सडक पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्करपछि गाडी अनियन्त्रित भई सडकमै पल्टिएको जनाइएको छ।

दुर्घटनामा निजगढ नगरपालिका–७ योजनाटोल निवासी करिब ८५ वर्षीय जयबहादुर पुलामी मगर गम्भीर घाइते भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले पिकअप गाडी नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय