spot_img

क्यानडा पठाइदिने भन्दै साढे दुई करोड ठगी गर्ने व्यक्ति पक्राउ

spot_img
spot_img

बीरगन्ज,२८ असार । क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ बस्दै आएका ४६ वर्षीय लहानु राम चौधरी रहेका छन्।

प्रहरीका अनुसार चौधरीले विभिन्न समयमा २६ जना युवायुवतीलाई क्यानडा पठाइ राम्रो तलबको रोजगारी मिलाइदिने आश्वासन दिँदै ठूलो रकम असुलेका थिए। रकम संकलन गरेपछि उनी लामो समयसम्म सम्पर्कविहीन बनेको आरोप छ।

पीडितहरूले आफूहरू ठगिएको भन्दै उजुरी दिएपछि प्रहरीको विशेष टोलीले अनुसन्धान अघि बढाउँदै चौधरीलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका चौधरीलाई हिरासतमा राखेर वैदेशिक रोजगारीका नाममा भएको ठगी सम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय