spot_img

सुकुमबासी मोर्चाको माइतीघरमा प्रदर्शन, व्यवस्थापन र पक्राउको विरोध

spot_img
spot_img

काठमाडौं,२८ असार । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले सुकुमबासीको उचित व्यवस्थापन नगरी विस्थापित गरिएको तथा जेन्जी अभियन्ताको पक्राउको विरोध गर्दै आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा शनिबार बिहान आएको बाढीका कारण सुकुमबासीहरू थप समस्यामा परेको र सरकार उनीहरूको सुरक्षित व्यवस्थापन गर्न असफल भएको आरोप लगाए। बाढीले होल्डिङ सेन्टर प्रभावित भएपछि त्यहाँ बस्दै आएका परिवारहरू पुनः विस्थापित भएको उनीहरूको भनाइ छ।

मोर्चाले शनिबार साँझ जेन्जी अभियन्तालाई पक्राउ गरिएको घटनाको पनि विरोध गरेको छ। प्रदर्शनका क्रममा उनीहरूले उक्त पक्राउलाई गैरन्यायिक भएको दाबी गर्दै तत्काल रिहाइको माग गरेका थिए।

माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले सुकुमबासीको दीर्घकालीन व्यवस्थापन, सुरक्षित आवासको सुनिश्चितता र राज्यबाट सम्मानजनक व्यवहारको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय