काठमाडौँ,२८ असार । गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको उपचारका क्रममा निधन भएको छ। पारिवारिक स्रोतका अनुसार काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत रहेका पोखरेलको आइतबार निधन भएको हो।
पोखरेलले २०५५ वैशाखदेखि २०५७ कात्तिकसम्म गृह मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए। निजामती सेवामा रहँदा उनले गृह प्रशासन र सुरक्षा व्यवस्थापनसँग सम्बन्धित विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए।
उनका एक छोरा र तीन छोरी छन्। पोखरेल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालका ससुरा पनि हुन्।




