spot_img

विमानस्थलभित्र सभा गर्न खोज्दा दुर्गा प्रसाईंलाई प्रहरीको रोक

spot_img
spot_img

काठमाडौँ,२८ असार । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा कार्यक्रम गर्न प्रहरीले रोक लगाएको छ।

झापाबाट काठमाडौं फर्किएका प्रसाईंले विमानस्थल परिसरमा कार्यक्रम गर्ने तयारी गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हस्तक्षेप गर्दै कार्यक्रम सञ्चालन गर्न नदिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार विमानस्थल निषेधित क्षेत्र भएकाले त्यहाँ सार्वजनिक कार्यक्रम गर्न अनुमति नदिइएको हो। उनका अनुसार पोस्टरसहित कार्यक्रमको तयारी भइरहेको जानकारी पाएपछि प्रहरीले रोक लगाएको थियो।

प्रसाईंले नागरिक बचाउ महाअभियानको ब्यानरमा त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको घटनाबारे सम्बोधन गर्ने कार्यक्रम तय गरेका थिए। त्यसका लागि अभियानसँग आबद्ध अभियन्ताहरूलाई आन्तरिक टर्मिनलमा उपस्थित हुनसमेत आह्वान गरिएको थियो।

प्रहरीले कार्यक्रम रोक लगाएपछि प्रसाईंलाई नियन्त्रणमा नलिई भक्तपुरस्थित उनको निवाससम्म पुर्‍याएर छाडेको जनाएको छ।

प्रसाईं यसअघि पनि सार्वजनिक शान्तिविरुद्धका विभिन्न मुद्दामा पटक–पटक पक्राउ परेका थिए। प्रहरीका अनुसार जेनजी आन्दोलनयता उनी छ पटक पक्राउ परिसकेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय