spot_img

बीरगञ्ज कलेजद्वारा नयाँ विद्यार्थीलाई सार्वजनिक वक्तृत्वकलाको अभिमुखीकरण

spot_img
spot_img

बीरगन्ज,२८ असार । बीरगन्ज महानगरपालिका–११ स्थित बीरगन्ज कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि प्रभावकारी सार्वजनिक वक्तृत्वकला सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको आत्मविश्वास, सञ्चार क्षमता र नेतृत्व कौशल विकास गर्नु रहेको कलेजले जनाएको छ।

कलेजका सञ्चालक समितिका अध्यक्ष डा. दीपेन्द्र चौधरीको सभापतित्व तथा क्याम्पस प्रमुख विनोद गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई सार्वजनिक मञ्चमा आत्मविश्वासका साथ आफ्ना विचार प्रस्तुत गर्ने कला, प्रभावकारी सञ्चार शैली तथा नेतृत्व विकासका विभिन्न पक्षबारे प्रशिक्षण दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख विनोद गुप्ताले शैक्षिक योग्यतासँगै प्रभावकारी सञ्चार सीप पनि सफल जीवनका लागि उत्तिकै आवश्यक रहेको बताए। स्पष्ट अभिव्यक्ति, आत्मविश्वास र प्रभावकारी प्रस्तुतिले विद्यार्थीलाई अध्ययनसँगै सार्वजनिक जीवनमा पनि सक्षम बनाउने उनको भनाइ थियो।

अध्यक्ष डा. दीपेन्द्र चौधरीले कलेजले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यवहारिक र जीवनोपयोगी सीप प्रदान गर्न प्राथमिकता दिएको बताए। उनले “पढ्दै जाऔं, कमाउँदै जाऔं” भन्ने अवधारणाअनुसार कलेजले व्यक्तित्व विकास, नेतृत्व क्षमता, सार्वजनिक बोल्ने कला तथा अन्य व्यावहारिक सीपसमेत विकास गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।

उनले बीरगञ्ज कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू विभिन्न पेशागत र शैक्षिक क्षेत्रमा सफल भएको उल्लेख गर्दै नयाँ पुस्तालाई पनि प्रतिस्पर्धी, सक्षम र आत्मविश्वासी नागरिकका रूपमा तयार पार्ने लक्ष्य रहेको बताए।

कलेजका अनुसार आगामी दिनमा पनि विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा व्यवहारिक सीप विकासका लागि यस्ता अभिमुखीकरण र सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय