spot_img

माजिद अन्सारीको रिहाइको माग गर्दै विराटनगरमा धर्ना, २६ जना अभियन्ता पक्राउ

spot_img
spot_img

विराटनगर,२८ असार । अभियन्ता माजिद अन्सारीको पक्राउको विरोध गर्दै तथा उनको तत्काल रिहाइको माग राख्दै विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङको मुख्य गेटमा धर्ना दिएका २६ जना अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

‘जेनजी’ समूहसँग आबद्ध अभियन्ताहरूले प्रहरी कार्यालयको मूल प्रवेशद्वारमा धर्ना दिँदै विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण आवागमन प्रभावित भएपछि प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरी कार्यालयजस्तो संवेदनशील स्थानको मुख्य गेट अवरुद्ध गरी प्रदर्शन गरिएकाले कानुनी प्रक्रियाअनुसार प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको हो।

माजिद अन्सारी केही दिनअघि काठमाडौंको कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका बेला सरिश्मा थापा र नहेन्द्र खड्कासँगै पक्राउ परेका थिए। पक्राउ परेकामध्ये थापा र खड्का रिहा भइसकेका छन् भने अन्सारी अझै प्रहरी नियन्त्रणमै छन्।

यता ‘जेनजी’ समूहका अभियन्ताहरूले प्रहरी नियन्त्रणका क्रममा अन्सारीमाथि कुटपिट भएको र उनी गम्भीर घाइते अवस्थामा काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचाररत रहेको दाबी गरेका छन्। उनीहरूले अन्सारीमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै उनको विनासर्त रिहाइको मागसहित विभिन्न स्थानमा विरोध कार्यक्रम जारी राखेका छन्।

यद्यपि, अन्सारीमाथि भएको व्यवहारबारे प्रहरीको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय