spot_img

बीरगन्ज हेल्थ केयर सेन्टरमा अत्याधुनिक रक्त परीक्षण मेसिन सञ्चालनमा

spot_img
spot_img

बीरगन्ज,२८ असार । पर्साको बहुअरीस्थित बीरगन्ज हेल्थ केयर सेन्टर ले रक्त परीक्षण सेवालाई थप प्रभावकारी र आधुनिक बनाउन अत्याधुनिक प्रविधियुक्त अटोमेटेड ब्लड एनालाइजर मेसिन सञ्चालनमा ल्याएको छ।

विशेष समारोहबीच सञ्चालनमा ल्याइएको उक्त मेसिनबाट विभिन्न प्रकारका रक्त परीक्षणसँगै क्यान्सरसँग सम्बन्धित केही महत्वपूर्ण परीक्षणसमेत गर्न सकिने अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार नयाँ प्रविधिको प्रयोगले परीक्षण प्रक्रिया छिटो हुने, रिपोर्ट कम समयमा उपलब्ध हुने तथा परीक्षणको विश्वसनीयता र गुणस्तरमा सुधार आउनेछ।

मेसिन सञ्चालनको औपचारिक सुरुवातका अवसरमा बीरगन्जका वरिष्ठ उद्योगपति बाबुलाल चाचन, मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत तथा वरिष्ठ पत्रकार जगदीश शर्मा लगायतले रक्त परीक्षण गराएका थिए।

अस्पतालका निर्देशक डा. अबुल हैस ले नयाँ प्रविधि भित्रिएसँगै सेवाग्राहीले कम शुल्कमा छिटो र भरपर्दो रक्त परीक्षण सेवा पाउने बताए। यसअघि केही परीक्षणका लागि बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था रहेकोमा अब त्यो समस्या धेरै हदसम्म समाधान हुने उनको भनाइ छ।

उनले अत्याधुनिक स्वास्थ्य प्रविधिको विस्तारसँगै वीरगन्जसहित पर्सा र आसपासका जिल्लाका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य रहेको बताए।

अस्पतालले आगामी दिनमा थप आधुनिक उपकरण तथा स्वास्थ्य सेवा विस्तार गर्दै बिरामीमैत्री र गुणस्तरीय उपचार प्रणालीलाई प्राथमिकता दिने जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय