spot_img

उपचारका क्रममा प्रहरी जवान जोशीको निधन

spot_img
spot_img

धनगढी,२८ असार । डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा निधन भएको छ। आइतबार बिहान अत्तरिया अस्पतालमा उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

डडेल्धुराको जोगबुडा घर भएका जोशीलाई ड्युटीमा खटिएका बेला असार २७ गते राति अचानक पेट दुखेपछि जिल्ला अस्पताल डोटी लगिएको थियो। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि अत्तरिया अस्पताल रेफर गरिएको थियो।

प्रहरीका अनुसार चिकित्सकको निगरानीमा उपचार भइरहे पनि उनको अवस्था सुधार हुन सकेन। उनको मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र पुष्टि हुने जनाइएको छ।

जोशीको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय