काठमाडौं,२८ असार । अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलालाई ब्रेन ट्युमर देखिएपछि उपचार गरिएको छ। उनी काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी छन्।
पारिवारिक स्रोतका अनुसार मंगलबार उनको सफल शल्यक्रिया गरिएको हो। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।
करिब डेढ साताअघि ढाड दुख्ने समस्या भएपछि दिपाश्री अस्पताल पुगेकी थिइन्। चिकित्सकहरूले आवश्यक स्वास्थ्य परीक्षण गर्दा उनको मस्तिष्कमा ट्युमर रहेको पत्ता लागेको थियो।
हाल चिकित्सकको निगरानीमा उनको उपचार जारी रहेको परिवारले जनाएको छ।




