spot_img

बल प्रयोग गरेर आवाज दबाउन खोजियो : विश्वप्रकाश शर्मा

spot_img
spot_img

काठमाडौं,२९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले जनताका समस्याको समाधान खोज्नुको साटो बल प्रयोग गरेर आवाज दबाउने नीति अपनाएको आरोप लगाएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै शर्माले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरूको दयनीय अवस्था र हालै गणेश नेपालीले गरेको आत्मदाहको घटनाले राज्यको संवेदनहीनता उजागर गरेको बताएका हुन्।

उनका अनुसार वर्षायाममै बासस्थानबाट विस्थापित गरिएका सुकुमबासी परिवार, विशेषगरी बालबालिका, सुत्केरी महिला तथा ज्येष्ठ नागरिक भोक, रोग र कष्टकर जीवन बिताउन बाध्य छन्। आफ्नै देशमा शरणार्थीसरह जीवन बिताइरहेका उनीहरूलाई सरकारले न्यूनतम मानवीय सहायता समेत उपलब्ध गराउन नसकेको शर्माको आरोप छ।

उपसभापति शर्माले होल्डिङ सेन्टरमा रहेका नागरिकहरूको समस्या समाधानको माग गर्दै शान्तिपूर्ण रूपमा आवाज उठाउने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति पनि आपत्ति जनाएका छन्। सरकार नागरिकका गुनासा सुन्न र समस्याको समाधान गर्न केन्द्रित हुनुपर्नेमा असन्तुष्टि दबाउन बल प्रयोगतर्फ उन्मुख भएको उनको टिप्पणी छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय