spot_img

पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन

spot_img
spot_img

काठमाडौं,२९ असार । नेपाल सरकारका पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौंको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय पोखरेलले २०५५ साल वैशाखदेखि २०५७ साल कात्तिकसम्म गृह मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए। निजामती सेवामा रहँदा उनले गृह प्रशासन र शान्ति–सुरक्षासम्बन्धी विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए।

उनको पार्थिव शरीरको आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। पोखरेलका परिवारमा एक छोरा र तीन छोरी रहेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय