spot_img

सिंहदरबार गेटमा धर्ना दिँदै गरेकी निहारिका सिंह राजपूत प्रहरीकाे नियन्त्रणमा

spot_img
spot_img

काठमाडौं,२९ असार । आफ्ना माग सम्बोधन गर्नुपर्ने भन्दै सिंहदरबारको दक्षिण गेटअघि धर्नामा बसेकी निहारिका सिंह राजपूत र बिनु कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लगातारको वर्षाका बीच दुवै जना सिंहदरबारको दक्षिण गेटमा धर्ना दिँदै गृह मन्त्रालयमा प्रवेश गरेर आफ्ना समस्या सम्बन्धित निकायसमक्ष राख्न पाउनुपर्ने माग गरिरहेका थिए।

प्रहरीका अनुसार उनीहरूले सिंहदरबारभित्र प्रवेश गर्ने प्रयास गरे पनि आवश्यक प्रवेश पास (पास) नभएकाले सुरक्षा मापदण्डअनुसार रोकिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आवश्यक समन्वय तथा थप प्रक्रियाका लागि दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिनुको उद्देश्य आवश्यक समन्वय र कानुनी प्रक्रिया अघि बढाउनु रहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय