spot_img

सभामुखले विपक्षीको ‘नाडी छाम्ने’ प्रयास नगर्न आङ्देम्बेको चेतावनी

spot_img
spot_img

काठमाडाै,२९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालले निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। उनले सभामुखले विपक्षी दलहरूको धारणा वा रणनीति बुझ्ने प्रयास गर्नु उपयुक्त नहुने टिप्पणी गरेका छन्।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले सभामुख कुनै पनि राजनीतिक दलको प्रतिनिधि नभई सम्पूर्ण संसदको अभिभावक भएकाले सोहीअनुसार जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।

उनले संसदमा प्रतिपक्षले कुनै विषयमा विरोध जनाउँदा सबै विपक्षी दलका प्रतिनिधिलाई आफ्ना धारणा राख्ने अवसर मिल्नुपर्ने धारणा व्यक्त गरे। सभामुखले एक जनामार्फत मात्रै प्रतिपक्षको धारणा प्रस्तुत गराउने सोच राख्नु उचित नहुने उनको भनाइ थियो।

आङ्देम्बेले सत्तापक्षबाट पटक–पटक विवादास्पद अभिव्यक्ति आउँदा पनि प्रतिपक्षले संसदको दैनिक कार्यसूची सञ्चालनमा सहयोग गर्दै आएको उल्लेख गर्दै त्यसलाई कमजोरीका रूपमा नलिन आग्रह गरे। बरु यसलाई संसदप्रति प्रतिपक्षको जिम्मेवारी र सहकार्यको भावनाका रूपमा बुझ्नुपर्ने उनले बताए।

उनका अनुसार संसदमा देखिएको अवरोधको मुख्य कारण सत्तापक्षले विपक्षी दलहरूसँग आवश्यक समन्वय नगर्नु हो। मुलुकको हितलाई केन्द्रमा राखेर प्रतिपक्षले सहकार्यको भूमिका निर्वाह गरिरहेको उनको दाबी छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय