spot_img

मुग्लिन–नारायणगढ सडकमा अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

spot_img
spot_img

काठमाडाै,२९ असार । निरन्तर वर्षाका बीच मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सञ्चालनमा रहेको छ। सडक डिभिजन कार्यालय, भरतपुरले सोमबार सूचना जारी गर्दै सडक खुला रहे पनि यात्राका क्रममा विशेष सावधानी अपनाउन सबैसँग आग्रह गरेको हो।

कार्यालयका अनुसार उक्त क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरो खस्ने जोखिम अझै उच्च रहेको छ। त्यसैले यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।

सूचनामा वर्षायामभर यस सडकखण्डमा पहिरोको जोखिम कायम रहने भएकाले सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरिएको छ। साथै यात्रा सुरु गर्नुअघि सडक खुला वा अवरुद्ध रहेको आधिकारिक जानकारी अनिवार्य रूपमा लिन पनि सुझाव दिइएको छ।

सडक डिभिजन कार्यालयले मौसम र सडकको अवस्थाअनुसार यात्रा योजना बनाउन तथा आवश्यक सतर्कता अपनाउन सबै यात्रु र चालकलाई अनुरोध गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय