spot_img

नेशनल मेडिकल कलेजमा बीएस्सी नर्सिङ १४औँ ब्याचका विद्यार्थीलाई भावपूर्ण बिदाइ

spot_img
spot_img

बीरगन्ज,२९ असार । बीरगन्जस्थित नेशनल मेडिकल कलेजमा बीएस्सी नर्सिङ १४औँ ब्याचका विद्यार्थीहरूको सम्मानमा बिदाइ कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूको शैक्षिक यात्रा सफलतापूर्वक पूरा भएको अवसरमा आयोजित कार्यक्रममा कलेजका पदाधिकारी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता नर्सिङ निर्देशक प्रा. गंगा गुरुङले गर्नुभएको थियो। नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारी प्रमुख अतिथि तथा प्रबन्ध निर्देशक शाहनवाज अन्सारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रिन्सिपल प्रा. डा. के.एन. सिंह, एडमिशन तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहान, नर्सिङ क्याम्पसकी भाइस–प्रिन्सिपल प्रा. डा. बबिता सिंह, मेट्रोन विकास कुमारलगायतको उपस्थिति रहेको थियो।

राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा दीप प्रज्वलन, स्वागत मन्तव्य, सांस्कृतिक प्रस्तुति, बिदाइ मन्तव्य तथा अतिथिहरूको शुभकामना सम्बोधन गरिएको थियो। प्रमुख अतिथि र विशेष अतिथिले स्नातक विद्यार्थीहरूलाई खादा तथा मायाको चिनो प्रदान गर्दै उनीहरूको आगामी व्यावसायिक जीवन सफल र उज्ज्वल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै विशेष भिडियोमार्फत कलेजमा बिताएका अविस्मरणीय क्षणहरू सम्झिएका थिए। अन्त्यमा धन्यवाद ज्ञापन, केक काट्ने, जलपान तथा सामूहिक फोटोसत्रसँगै कार्यक्रम सम्पन्न भएको थियो।

बिदाइ कार्यक्रमले बीएस्सी नर्सिङ १४औँ ब्याचका विद्यार्थीहरूको शैक्षिक यात्राको सफल समापनसँगै उनीहरूको भविष्यप्रति शुभकामना व्यक्त गर्दै भावुक र उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय