spot_img

मिटरब्याज पीडितलाई भेट्न सिमरा पुगे गृहमन्त्री

spot_img
spot_img

बारा,३० असार । मिटरब्याज तथा ठगीबाट पीडित नागरिकहरूको गुनासो सुन्न गृहमन्त्री सुधन गुरुङ मंगलबार बिहान सिमरा पुगेका छन्। गृहमन्त्री स्वयं भेट्न आउने जानकारी पाएपछि काठमाडौंतर्फ पैदल मार्च गरिरहेका पीडितहरू बाराको निजगढमै रोकिएका छन्।

गएराति निजगढ उद्योग वाणिज्य संघको सभाहलमा विश्राम गरेका पीडितहरू मंगलबार बिहान यात्रा पुनः सुरु गर्ने तयारीमा थिए। तर स्थानीय प्रहरीले गृहमन्त्री उनीहरूलाई भेट्न आउन लागेको जानकारी दिएपछि उनीहरूले केही समयका लागि आफ्नो यात्रा स्थगित गर्दै निजगढमै प्रतीक्षा गरेका छन्।

मिटरब्याज र ठगीबाट पीडितहरूले न्याय, दोषीमाथि कारबाही तथा पीडितलाई राहतको माग गर्दै असार २५ गते जनकपुरधामबाट ‘न्याय मार्च’ सुरु गरेका हुन्। लगातार पैदल यात्रा गर्दै उनीहरू सोमबार साँझ बाराको निजगढ पुगेका थिए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय