spot_img

मधेस प्रदेशसभा आज बस्दै, बजेट विवादबारे कार्यदलको प्रतिवेदन पेश हुने

spot_img
spot_img

जनकपुर,३० असार । मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजे जनकपुरधामस्थित प्रदेशसभा भवनमा बस्ने भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित विवाद समाधानका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाका अनुसार कार्यदलको प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि औपचारिक छलफल सुरु गरिनेछ।

गत असार २८ गतेको प्रदेशसभा बैठकले बजेटमा देखिएका असहमति र विवाद समाधान गर्न उपेन्द्र महतोको संयोजनमा हरिनारायण महतो, जङ्गीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, विमला अन्सारी तरुण र सरिताकुमारी ठाकुर सदस्य रहेको कार्यदल गठन गरेको थियो।

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय