spot_img

पहिरो हटेपछि मुग्लिङ–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

spot_img
spot_img

चितवन,३० असार । पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडकखण्डमा सवारी आवागमन पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहानैदेखि डोजर तथा अन्य उपकरण परिचालन गरी बाँकी रहेको पहिरो हटाइएपछि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।

यद्यपि उक्त क्षेत्रमा अझै पनि पहिरो खस्ने जोखिम कायम रहेकाले चालक तथा यात्रुलाई लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक र सीमित गतिमा सवारी चलाउन सडक डिभिजनले आग्रह गरेको छ।

लगातारको वर्षाका कारण सडकको अवस्था परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय